
दैलेख । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राउटे समुदायले काठको सामग्री कोसी दिएका छन् ।
‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्पयात्रा’ रहनुभएका एमाले अध्यक्ष ओलीलाई राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिनुभएको हो । एमाले अध्यक्ष ओली सोमबार दैलेखको गुराँसे गाउँपालिकामा प्रवेश गर्न लाग्दा राउटे समुदायले बाटोमा झ्याप्पै रोकेर उहाँलाई स्वागत गर्दै कोसी उपहार दिएका हुन् । कोसी राउटे समुदायको आफ्नो जीविकोपार्जनका लागि काठबाट बनाउने सामग्री हो ।
राउटे समुदायले बाटोमै रोकेर कोसी उपहार दिएपछि अध्यक्ष ओलीले त्यसलाई ग्रहण गर्दै आफ्नो गलामा रहेको माला फुकालेर मुखिया शाहीलाई लगाइदिनुभयो । राउटे समुदायका मुखिया शाहीले कोसी दिँदै एमाले अध्यक्ष ओलीसँग आफ्नो समुदायको पुख्र्यौली पेसा नै सङ्कटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो सुनाउनुभयो । ‘हाम्रो समस्या बुझ्ला (बुझ्नुहोला) भनेर तपाईँ पूर्व प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आयाको (आएको)’ राउटे मुखियाले भन्नुभयो– अध्यक्ष ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या । अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका (आएकां) हौँ ।’ एमाले अध्यक्ष ओलीसँग राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्य उपलब्ध गरिदिन आग्रह समेत गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले आफू र आफ्नो पार्टी राउटेसहित सबै समुदायको हितको लागि क्रियाशील रहेको उल्लेख गर्नुभयो । ‘राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ’ उहाँले भन्नुभयो ।
राउटे समुदायसँगको छोटो भेटवार्तालापमा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर, उपाध्यक्षहरु पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ तथा सचिवहरु गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई, लेखराज भट्ट, छविलाल विश्वकर्मा लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय