
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल–२०२३) मा आज वीरगञ्ज युनाइटेड र ललितपुर सिटी एफसी भिड्दैछन् । वीरगञ्ज र ललितपुरबीचको प्रतिस्पर्धा साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।
सुपर लिगमा वीरगञ्जको यो तेस्रो खेल हो । ललितपुर चौथो पटक खेल्दैछ । तलितपुर एक जित र दुई बराबरीबाट ५ अंकसहित दोस्रो स्थानमा छ । आजको खेलमा विजयी हासिल गरे ललितपुर शीर्ष स्थानमा उक्लने छ । लिगमा अहिलेसम्मका ३ खेलबाट ७ अंकसहित धनगढी शीर्ष स्थानमा छ । लिगमा ललितपुरबाट अनन्त तामाङ कप्तान तथा मार्की छन् । ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनीलाई सजिलै हराएको थियो । त्यसपछि भने पोखरा थण्डर्स र धनगढी एफसीसँग गोलरहित बराबरीमा चित्त बुझाउनु पर्यो ।
वीरगञ्जले भने लिगमा अहिलेसम्म जित हात पार्न सकेको छैन । बीरगंज जित आत पार्ने प्रयत्नमा छ । गोलकिपर दीप कार्की मार्की तथा कप्तान रहेको वीरगञ्जले यसअघि खेलेका दुवै खेलमा हार बेहोर्नु पर्यो । वीरगञ्ज युनाइटेड यसअघि धनगढी एफसी र एफसी चितवनसँग समान २, १ ले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय