
काठमाडौँ । इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' शुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ ।
आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ। सेनाको चिकित्सक सहितको विशेष रणनीतिक उद्धार एकाइहरूले गाजा पट्टीबाट उद्धार गतिविधिहरू जारी राखेका छन् ।
उद्धार कार्यको नेतृत्व वायु सेना सहयोग एकाइका सहायक अधिकारीहरूले गर्ने गरेको बताइएको छ । यो एकाइले स्थल र वायु सेना बीच समन्वयको भूमिका गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न