
बागलुङ । तीन वर्षदेखि निर्माणाधीन ढोरपाटन नगरपालिकाको भवन माघमा सम्पन्न भएको छ ।
भवन चार करोड ५९ लाख ३४ हजार रुपैयाँमा निर्माण भएको हो ।निर्माण सकिएसँगै नगरले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने योजनासहित सोमबार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहद्वारा भवन उद्घाटन गर्ने कार्यतालिका बनाएको नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८÷७९ देखि भवन निर्माण शुरु भएको भन्दै आफ्नै कार्यालयबाट सेवा दिन थालेपछि सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुखले भन्नुभयो– ‘यो भवन अघिल्लो कार्यकालमा बन्नुपर्ने थियो । जग्गा व्यवस्थापन नहुँदा केही समस्या भएपछि निर्माणमा ढिलाइ भएको हो । उद्घाटनपछि केही दिनमा भवन स्थानान्तरण गरी गुणस्तरीय सेवा प्रवाह गर्नेछौँ ।’
भवन निर्माण भए पनि सवारीसाधन पार्किङस्थल, अन्य पूर्वाधार व्यवस्थापनको काम बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले बताउनुभयो ।
यसअघि वार्षिक २५ लाख रुपैयाँ बढी भाडाबापत रकम भुक्तानी गर्नुपरेको जनाउँदै आफ्नै भवनबाट सेवा दिन थालेपछि उल्लेखित रकम बचत हुने उहाँले उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै