
बैतडी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्यो ।
जितका लागि पाएको एक सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३८ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए।
बलिङतर्फ अत्तरियाका विवेक यादवले चार, साहव आलम र कमल गुप्ताले २र२ विकेट लिए ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो । जसमा भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७० रनमा अविजित रहे । बैतडीका अमरसिंह रौटेलाले २ विकेट हात पारे ।
गो ड्रिमर्सको आयोजनामा शुरु भएको प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । साथै प्लेयर अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ ।
पाटनको राष्ट्रपति रनिङ शिल्ड कृष्ण माविले जित्यो
बैतडीको पाटन नगरपालिकामा सम्पन्न चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्ण माध्यामिक विद्यालय पाटनले हात पारेको छ । आठ स्वर्ण, तीन रजत र चार कास्यसहित कृष्ण मावि पहिलो भएको हो ।
यस्तै सिगास माबी गौरीशङ्कर पोखरी छ स्वर्ण चार रजत र दुई कास्यसहित दोस्रो हुँदा सिद्धनाथ मावी सिलङ्गा छ स्वर्ण, तीन कास्य र दुई रजतसहित तेस्रो भयो । यसैगरी उदयदेव मावी किम्तोलीले दुई स्वर्णसहित १६ पदक हात पारेको छ ।
वजयपुर खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा १५ विद्यालय सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै