
काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको हो ।
नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा पाँच चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १२२ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन् । त्यस्तै आरिस विलिङले २८ रन जोडिन् । बलिङमा थाइल्यान्डकी पुत्थावोङले दुई विकेट लिइन् । उक्त सिरिजको तेस्रो खेलमा भोलि शनिबार नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी
- सर्वोच्चले भन्यो - रेशम चौधरीलाई पक्राउ गर्नेबारे लेखिएको पत्र ‘अनधिकृत’
- रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी पक्राउ, रेशम रिहा
- भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा
- नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण घोषणा स्थगित
- रेशम चौधरी पक्राउ
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी