+

बेलचौतारा–मुस्ताङ पुल ३० प्रतिशत प्रगति

तनहुँ ।  बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 


मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाख रुपैयामा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ । 

यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख  रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म आठ करोड १३ लाख रुपैयाँ भुक्तानी भइसकेको बताउनुभएको छ । 

‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ । चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै