+

बयानका लागि आशिका अदालतमा

भक्तपुर । अभियन्ता आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत भक्तपुरमा लगिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले तामाङलाई बयानका लागि अदालत पेश गरिएको बताउनुभयो । ‘बयानका लागि अदालत पेश गरेका छौं । बाँकी काम अब अदालतबाट हुनेछ’, नेउपानेले भन्नुभयो । 



तामाङविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै