
काठमाडौँ । आजदेखि शुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सिताले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन् ।
नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २-२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १-१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न