
काठमाडौँ । त्रिकोणात्मक टी– २० सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली महिला क्रिकेट टोलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी हुन् । यससँगै नेदरल्याण्ड्सले पहिला ब्याटिङ गर्नेछ । घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गर्दैछ । महिला टि ट्वान्टी वरियतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २०औँ स्थानमा छ ।
.यस सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उक्त सिरिजको उपाधि जित्नेछ ।
नेपाली महिला टोलीमा कप्तान बर्मासहित विन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, अलिसाकुमारी यादव, रेवती धामी, इश्वरी विष्ट, सीता राना मगर, कविता जोशी, रोमा थापा र मनिषा उपाध्याय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न