
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार ८ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा प्याकेजको घोषणा गरिएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै (२० लाख ) सङ्घीय कर्मचारीलाई पठाइएको बुझिएको छ । जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्चविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो ।
प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट पाँचदेखि १० प्रतिशत संघीय कर्मचारीले राजीनामा दिने अधिकारीहरूले अपेक्षा गरेका छन् । यसबाट करिब एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास उनीहरूको छ । एएफपीले कर्मचारीबाट प्राप्त गरेको जानकारी अनुसार इमेलमा कर्मचारीलाई राजीनामाका मङ्गलबारदेखि शुरु भएर फेब्रुअरी ६ सम्म लागु हुनेछ । ट्रम्पले कोभिड–१९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधापछि सबै संघीय कामदार पूर्णकालिक रूपमा कार्यालय फर्कन आदेश दिएसँगै यो कदम चालिएको हो ।
यो इमेल सन् २०२२ को अन्त्यमा मस्कले ट्वीटर (हाल एक्स) को पूर्ण स्वामित्व आफ्नो नियन्त्रणमा लिएपछि कर्मचारीलाई पठाइएको यस्तै सन्देशसँग मिल्दोजुल्दो छ । राजीनामा दिन चाहने कर्मचारीसँग इमेलमार्फत् प्रतिक्रिया मागिएको छ । सम्झौता गर्न चाहने सङ्घीय कर्मचारीहरूलाई इमेलमा बाहिर नै देखिने गरी ‘राजीनामा’ शब्द लेखिएको जवाफ दिन भनिएको छ ।
ट्रम्प र अन्य रिपब्लिकनलाई चुनाव जिताउन २७ करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेका मस्कलाई सरकारी कार्यदक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी) को नेतृत्व गर्ने जिम्मेवारीमा नियुक्त गरिएको छ । इमेलमा भनिएको छ– ‘सङ्घीय श्रमशक्तिमा अमेरिकाको सबैभन्दा राम्रो जनशक्ति हुनुपर्छ । हामी हरेक तहमा उत्कृष्टताका लागि जोड दिनेछौँ।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी