
धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकमा स्थायी शान्ति र समृद्धिको बाटोमा अघि बढ्नसकेमा सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ ।
आज शहीद दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा राजनीतिक परिवर्तन लोकतन्त्र स्थापनाका लागि ठूला–ठूला आन्दोलन भएका र यस क्रममा धेरै नेपाली नागरिकले बलिदानी दिनुभएको उल्लेख गर्नुभएको छ । यसरी प्राप्त उपलब्धि बचाएर देशलाई समृद्धिको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता भएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
देशमा शहीदको सम्मानार्थ शहीद दिवसमार्फत स्मरण गर्दै गर्दा उहाँहरुले देखाएको बाटो भुल्न नहुनेमा उहाँले जोड दिनुभएको छ । प्रमुख भण्डारीले लोकतन्त्र स्थापना भइसकेको अवस्थामा अब मुलुकमा स्थायी शान्ति कायम राखी विकास र समृद्धिलाई मेरुदण्ड बनाएर विकसित मुलुकको मापदण्डमा पुग्नुपर्ने अहिलको मुख्य चुनौती रहेको उल्लेख गर्नुभएको छ ।
प्रदेश प्रमुख भण्डारीले विभिन्न चरणका आन्दोलनमा आफ्नो बलिदानी दिनुहुने ज्ञात–अज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न