
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना शुरु गर्न कार्यकारी आदेश जारी गर्नुभएको छ ।
ट्रम्पले रक्षा मन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षा कवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’ को कार्यान्वयन योजना पेश गर्न आदेश दिनुभएको छ । यसमा अन्तरिक्ष–आधारित अवरोधकको विकास पनि समावेश छ ।
सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका लागि इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गर्नुभएको थियो । तथापि उहाँले यो प्रणाली छोटो दूरीका खतराको लागि डिजाइन गरिएको तथ्यलाई बेवास्ता गर्नुभयो । यसले यसलाई संयुक्त राज्य अमेरिकाका लागि मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रविरुद्ध रक्षा गर्न अनुपयुक्त बनाउँछ । ‘४० वर्षमा कम हुनुको सट्टा अर्को पुस्ताको रणनीतिक हतियारबाट खतरा अझ तीव्र र जटिल भएको छ’ सोमबारको कार्यकारी आदेशले अज्ञात विरोधीको मिसाइल प्रक्षेपण क्षमता विकासलाई उद्धृत गर्दै भन्यो ।
ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको रिट्रिटमा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताउनुभएको थियो । इजरायलले अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरु भएको युद्धमा गाजाको हमास र लेबनानको हिजबुल्लाले प्रहार गरेका रकेट खसाल्न आफ्नो ‘आइरन डोम’ प्रणाली प्रयोग गरेको छ । ‘उनीहरूले लगभग हरेक रकेटलाई खसाल्छन्’ ट्रम्पले मायामी बैठकमा भन्नुभयो– ‘त्यसैले मलाई लाग्छ संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ ।’
उहाँले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अन्य केही आदेशमा पनि हस्ताक्षर गर्नुभयो । यसमा ट्रान्सजेन्डरलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न