
काठमाडौँ । श्रीलङ्काले सवारी साधान आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केत देखाएपछि श्रीलङ्काले मङ्गलबार सवारी साधन आयातमा लगाइएको ५ वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।
सूचनामन्त्री नलिन्दा जयतिसाले सन् २०२० देखि लागू गरिएको प्रतिबन्ध चरणवद्ध रूपमा हटाएर शनिबारदेखि बस, ट्रक र उपयोगिता सवारी साधनको आयात खुला गरिने बताउनुभयो ।
‘हाम्रो विदेशी मुद्रा सञ्चिति रित्तिने गरी आयातमा वृद्धि हुन नदिन हामी धेरै सावधानीपूर्वक अघि बढिरहेका छौँ’ जयतिसाले कोलम्बोमा पत्रकारहरूलाई भन्नुभयो– ‘मागका आधारमा हामी कार, मोटरसाइकल र तीन पाङ्ग्रे सवारी साधन जस्ता अन्य श्रेणीका सवारी साधनहरूको आयात खोल्नेछौँ ।’
उहाँले आयात आवश्यक कर राजस्व उत्पन्न गर्न आवश्यक भएको बताउनुभयो । सरकारले यस वर्ष आयातलाई लगभग १ अर्ब २० करोड डलरमा सीमित गर्ने आशा गरेको छ । सवारी साधनमा हालको कर दर ३ सय प्रतिशतभन्दा बढी छ ।
श्रीलङ्काले सन् २०२० मार्चमा आयात प्रतिबन्ध लगाउनु अघिको अन्तिम पूर्ण वर्ष सन् २०१९ मा सवारी साधन आयातमा १ अर्ब ४० करोड डलर खर्च गरेको थियो । यस टापु राष्ट्रले सन् २०२३ अगस्टमा व्यावसायिक सवारी साधन आयात प्रतिबन्ध हटाउने प्रयास गरेको थियो तर देश अझै विदेशी ऋणमा डिफल्ट भएको अवस्थामा आयातकर्ताहरू प्रतीतपत्र खोल्न असमर्थ थिए ।
श्रीलङ्काले द्विपक्षीय र निजी ऋणदातासँग ऋण पुनर्गठन सम्झौता सुरक्षित गरेपछि डिसेम्बरमा दिवालिया राष्ट्रका रूपमा आफ्नो स्थिति औपचारिक रूपमा समाप्त गर्यो ।
यस मुलुकले सन् २०२२ अप्रिलमा आफ्नो ४६ अरब डलरको बाह्य ऋण चुकाउन असफल भएको थियो । किनकि देश आयातको वित्तपोषण गर्न विदेशी मुद्राबाट बाहिर निस्केको थियो, जसले खाद्यान्न, इन्धन र औषधिको पीडादायी अभाव निम्त्यायो।
महिनौँको सडक प्रदर्शनले भ्रष्टाचार र कुव्यवस्थाको आरोप लागेका तत्कालीन राष्ट्रपति गोटाबाय राजपक्षेको पतन भयो । उहाँका उत्तराधिकारीले अन्तर्राष्ट्रिय मुद्राकोषबाट राहत ऋण प्राप्त गर्नुभयो । यसले दक्षिण एशियाली राष्ट्र सुधार हुँदै गएको तर अझै पूर्ण रूपमा सङ्कटमुक्त नभएको बताएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न