
काठमाडौँ । बङ्गलादेशमा पदच्यूत प्रधानमन्त्री शेख हसिनाको शासनका गल्ती दोहोरिने खतरा बढेको छ ।
पत्रकारविरुद्ध प्रतिशोध र जथाभावी गिरफ्तारीले शेख हसिनाको शासनकालमा देखिएका कानूनी दुरुपयोग अन्त्य गर्ने बङ्गलादेशको एक पुस्तामा एकपटक आउने अवसरलाई कमजोर पार्ने खतरा रहेको ह्युमन राइट्स वाच (एचआरडब्लु) ले मङ्गलबार चेतावनी दिएको छ ।
विद्यार्थी नेतृत्वको क्रान्तिले आफ्नो १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेपछि हसिना गत अगस्टमा निर्वासनमा भाग्नुभएको हो । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले दूरगामी लोकतान्त्रिक सुधार स्थापना गर्ने र नयाँ चुनाव गर्ने वाचा गर्दै केही दिनपछि कार्यभार सम्हालेको हो ।
मङ्गलबार जारी प्रतिवेदनमा एचआरडब्लुले युनुसको प्रशासनले हसिनाको आवामी लिग पार्टीका विरोधीलाई यातना दिने साधनको रूपमा प्रयोग गरिएका कमजोर संस्थाको सुधार प्रक्रिया शुरु गरेको बताएको छ ।
तर एचआरडब्लुका एसिया निर्देशक इलेन पियर्सनले चेतावनी दिनुभयो– ‘यदि अन्तरिम सरकारले द्रुत र संरचनात्मक सुधार कार्यान्वयन गरेन भने यो कठिन मेहनतले प्राप्त प्रगति सबै गुम्न सक्छ ।’
हसिनाको निष्कासनपछि दुई महिनामा दशौँ हजार मानिसविरुद्ध आरोप दर्ता गर्दै प्रहरीले हसिनाका समर्थकलाई लक्षित गर्न ‘अघिल्लो सरकारको विशेषता भएका दुर्व्यवहारपूर्ण अभ्यासमा फर्केको’ प्रतिवेदनले जनाएको छ ।
हसिनाको सरकारलाई पल्टाउने विरोध प्रदर्शनमा सुरक्षा बलद्वारा मारिएकाहरूका परिवार सदस्यलाई कसलाई हत्याको आरोप लगाइँदैछ भन्ने नजानीकन मुद्दाका कागजातमा हस्ताक्षर गर्न दबाब दिइएको प्रतिवेदनमा उल्लेख छ । अन्तरिम सरकारले हसिनाको सरकारलाई समर्थन गर्ने पत्रकारविरुद्ध कडा कारबाही गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार गत गृष्ममा प्रदर्शनकारीविरुद्ध हसिना सरकारको दमनको कथित समर्थनका लागि नोभेम्बरसम्म कम्तीमा १ सय ४० पत्रकारविरुद्ध हत्याको मुद्दा दायर गरिएको थियो । युनुसको सरकारले अहिलेसम्म प्रतिवेदनमाथि टिप्पणी गरेको छैन ।
८४ वर्षीय युनुसले आफूले सार्वजनिक प्रशासन र न्यायको ‘पूर्ण रूपमा भत्किएको’ प्रणाली उत्तराधिकारमा पाएको उल्लेख गर्दै यसलाई भविष्यमा निरङ्कुशतामा फर्कन नदिन व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी