
विराटनगर । कोशीमा ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक स्वीकृत गरेको हो ।
विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेश गर्नुभएको हो । विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
शून्य समय
यसअघि शून्य समयमा मुलुकको समसायिक विषयबारे प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, मानबहादुर लिम्बू, डोलमा तामाङ, शीला दीक्षित कार्की, विद्या चाम्लिङ राई, कमला थापा मगर र सविना बजगाईँले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
विशेष समय
यसैगरी विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का इन्द्रमणि पराजुलीले प्रदेश सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट शिक्षा नीति बनाउनुपर्ने बताउनुभयो ।
समृद्धिको आधार शिक्षा नै भएकाले दक्ष तथा योग्य जनशक्ति उत्पादन गर्न स्पष्ट शिक्षा नीतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राजन किराँतीले सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले ताप्लेजुङ घटनाबाट सरकारले पाठ सिक्नुपर्नेभन्दा दिगो विकासका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो । स्थानीयले रुचि नदेखाएसम्म केबलकार निर्माण कार्य रोक्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
यसैगरी नेपाली कांग्रेसकी शोभा चेम्जोङले पर्यटन क्षेत्रको विकास गर्न केबलकार योजनालाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो । उहाँले केबलकार सञ्चालन गर्दा त्यसबाट प्राप्त हुने लाभ स्थानीयको मागअनुसार खर्च गर्ने व्यवस्था गरिनुपर्नेमका जोड दिनुभयो ।
कोशी प्रदेशसभाको अर्को बैठक माघ २१ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न