
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ भब्रेटामा सिटी हल निर्माण गर्न थालिएको छ ।
नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङले एक करोड २८ लाख रुपैयाँ लागतमा सिटी हल निर्माण गर्न थालेको हो । सरकारले नेपालका दश नमूना सहरमध्येमा छनोट गरेको बुर्तिबाङ बजारमा अहिलेसम्म सिटी हल बन्न सकेको थिएन ।
नयाँ शहर आयोजनाले गत वर्षदेखि भब्रेटामा हल बनाउन थालेको हो । निर्माण कम्पानीले ढिलासुस्ती गर्दा कामले गति लिन नसकेको नयाँ शहर आयोजना बुर्तिबाङका प्रमुख रामकृष्ण गिरीले जानकारी दिनुभयो । विसं २०८० फागुन १ गते सम्झौता गरी काम शुरु गरे पनि हालसम्म ३५ प्रतिशत मात्रै काम सकिएको उहाँको भनाइ छ ।
निर्माणको जिम्मा पाएको ढोरपाटन निर्माण सेवाले माघ ३० गते सम्पन्न गर्ने गरी सम्झौता गरेको प्रमुख गिरी बताउनुहुन्छ । सम्झौता अवधिमै काम सक्ने सम्भावना कम रहेको भन्दै निर्माण कम्पनीलाई काम गर्न आग्रह गरिरहेको उहाँको भनाइ छ ।
प्रमुख गिरीले भन्नुभयो– ‘सिटी हल बनाउन शुरु गरेको गत वर्षदेखि नै हो, यति बेला बनिसक्नुपर्ने हो तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण कामले पूर्णता पाउन सकेको छैन, काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार पत्र काट्यौँ, तर सुनुवाइ भएन, अहिले काममा फर्किने सङ्केत देखाएको छ, धमाधम ग¥यो भने केही महिनामा काम सकिने अपेक्षा लिएका छौँ ।’
बुर्तिबाङ बजार साँघुरो हुँदा सिटी हलसहित पार्क, कार्यालय भवन अन्य ठाउँमा बनाउनुपरेको छ । नयाँ शहर आयोजनाले ढोरपाटन–१ र २ का विभिन्न स्थानमा संरचना बनाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न