
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबैको आफ्नै संस्कृति रहेको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी आज सोनाम ल्होसारको शुभारम्भ गर्नुहुँदै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र महत्वपूर्ण स्थान रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । त्यस अवसरमा शीतल निवासमा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोचरण गर्नुका साथै तामाङको ताम्बा र बाम्बोको सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।
राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको उल्लेख गर्नुहुँदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफूले बुझेको स्पष्ट पार्नुभयो । उहाँले सोनाम ल्होसारको अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानवजगत्को कल्याणको शुभकामना व्यक्त गर्नुभएको थियो ।
मञ्जुश्री पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार पर्व मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न