
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति (रासस) जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको प्रतिनिधिमण्डलसँग आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले राससको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राससले जनताका बीचमा पुगेर यथार्थपरक एवं विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको जनाउँदै मुख्यमन्त्री शाहले भन्नुभयो, ‘आमसञ्चार क्षेत्रमा भएको विकाससँगै अझ प्रभावकारी, विश्वसनीय र सुदृढ बनाउने काममा खटिरहेको रासस व्यवस्थापनलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।’
सरकारका गतिविधिका सन्दर्भमा सञ्चारमाध्यमले सचेत गराउन जरुरी रहेको जनाउँदै उहाँले सकारात्मक तथा नकारात्मक पक्षलाई उजागर गरी रचनात्मक सुझावसहितको समाचारका पक्षमा प्रदेश सकार रहेको स्पष्ट गर्नुभयो । उहाँले राम्रा–नराम्रा कुरालाई समाचारका रूपमा सम्प्रेषण गरेर नीति निर्माणमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषामा पनि समाचार सम्प्रेषण गर्ने काममा प्रदेश सरकार रासससँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले राससको धनगढीस्थित कार्यालय भवन निर्माणमा सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।
त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष झाले राससको धनगढीमा निर्माण हुन लागेको नयाँ भवनलाई पत्रकारिता प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने व्यवस्थापनको लक्ष्य रहेको जानकारी दिनुहुँदै यसलाई सहयोग गर्न मुख्यमन्त्री शाहसँग आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले राससलाई आफ्नो सूचना संयन्त्रका रूपमा प्रयोग गर्न आग्रह गर्दै त्यस कार्यमा राससको तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।
राससले पछिल्लो समयमा अवधी, मैथिली, नेपाल भाषामा पनि समाचार सम्प्रेषण गरिरहेको जानकारी दिनुहुँदै कार्यकारी अध्यक्ष झाले भाषा संस्कृतिको संरक्षणका लागि सुदूरपश्चिममा डेटेली र थारू भाषामा समाचार सम्प्रेषण गर्ने काममा सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यकारी अध्यक्ष झा नेतृत्वको प्रतिनिधिमण्डलमा राससका उपसम्पादक सिद्धराज भट्ट, नेपाल पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष भरत शाह लगायत हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न