
काठमाडौँ । जापानको फुजी टेलिभिजनका प्रमुखले एक सेलिब्रेटी प्रस्तोतामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सोमबार राजीनामा दिनुभएको छ ।
फुजी टिभीले आफ्ना प्रमुख कोइची मिनातो र अध्यक्ष शुजी कानोहले राजीनामा दिने घोषणा गरेको पुष्टि गरेको छ ।
एक पत्रिकाले गत महिना जे–पप मेगास्टारबाट टिभी प्रस्तोता बनेका मासाहिरो नकाईले सन् २०२३ मा एक महिलाको सहमतिबिना यौन क्रियाकलाप गरेको समाचार सार्वजनिक गर्नुभएको थियो । ती महिलालाई ५२ वर्षीय नकाईले एकमुष्ट नौ करोड येन (पाँच लाख ७० हजार अमेरिकी डलर) भुक्तानी गरेपछि नकाई र ती महिलाले यौन दुर्व्यवहारलाई सार्वजनिक नगर्ने सम्झौतामा हस्ताक्षर भएको समेत खुलेको छ।
घटनाबारे समाचार प्रशारण भएपछि कर्मचारीहरूले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै म्याकडोनल्ड्स र टोयोटालगायत दर्जनौं ब्रान्डले निजी प्रसारणकर्ता फुजी टिभीबाट आफ्नो विज्ञापन फिर्ता लिएका थिए । ‘मानव अधिकारको चेतनाको कमीका कारण पर्याप्त हेरचाह गर्न नसकेकोमा म सम्बन्धित महिलासँग माफी माग्न चाहन्छु’ कानोहले पत्रकारहरूसँग भने।
‘समाचारको शृङ्खलाले निम्त्याएको व्यापक चिन्ता र असुविधाको लागि म दर्शक, विज्ञापनदाता, कम्पनीका सदस्य, शेयरधनीसँग माफी माग्छु’ उहाँले थप्नुभयो । यसै महिनाको सुरुमा मिनातोले स्थानीय सञ्चारमाध्यममा समाचार आउनुअघि नै यस काण्डबारे फुजी टिभीलाई जानकारी भएको स्वीकार्नुभएको थियो । कम्पनीले ती महिलासँग नाकाईको भेटको प्रबन्ध मिलाउन आफ्ना कर्मचारीको संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ ।
सन् १९९० देखि २००० सम्मको दशकमा एसियाभरि नै चर्चा कमाएको ब्वाइज ब्यान्ड एसएमएपीका पूर्व सदस्य नकाईले फुजी टिभी र अन्य च्यानलका कार्यक्रमबाट हटाइएपछि शुक्रबार सन्यासको घोषणा गर्नुभएको छ । ‘सबै कुराका लागि म मात्र जिम्मेवार छु’ र ‘म माफी माग्छु’ नकाईले शुक्रबार भन्नुभएको छ ।
यसअघि उहाँले विज्ञप्ति जारी गर्दै केही घटना ‘तथ्यभन्दा फरक’ भएको बताउनुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न