+

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा ।  उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । 


धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभएको छ ।

 एक करोड ३३ लाख ९४ हजार ७ सय ५२ रुपैयाँको लागतमा  झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण शुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । 

पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै