
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख पाच राष्ट्रिय मान्यता प्राप्त दलका सचेतकहरुसँग छलफल शुरु गर्नुभएको छ । संसद्को हिउँदे अधिवेशनको तयारी स्वरुप आज सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र सचेतकहरु सहभागी हुनुहुन्छ ।
यसअघि आइतबार पनि सभामुख घिमिरे सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको थियो ।
संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि शुरु हुँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न