
लुम्बिनी । कपिलवस्तुको सगहरवामा कार्यशालाबाट तयार मूर्ति व्यवस्थापन गरी उद्यानका रुपमा विकास गर्न स्थानीयले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ ।
लुम्बिनी विकास कोषले आइतबार सगरहवामा निर्माण गरिएका मूतिको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालासँग गरिएको छलफल कार्यक्रममा स्थानीयकै अग्रसरतामा मात्रै सम्पदास्थल संरक्षण हुने भएकाले अगुवाइ गर्न आग्रह गरिएको हो । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिकासहितका विभिन्न सङ्घसंस्थाको सहकार्यमा गत वर्ष कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशाला गरी सगरहवाको ऐतिहासिकता प्रस्तरमा उतारिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले ओझेलमा रहेको सगरहवामा बनेका मूर्तिलाई आर्कषक उद्यानका रुपमा विकास गर्न सके यसबाट स्थानीयले धेरै लाभ लिनसक्ने बताउनुभयो । लुम्बिनी आउने पर्यटकको बसाई अवधि अत्यन्तै छोटो भएकोमा सगरहवामा निर्माण गरिएको मूर्तिले पर्यटकको बसाई लम्ब्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सगरहवामा बनेको मूर्ति स्थानीयको सम्पत्ति रहेको जनाउँदै यसको संरक्षण स्थनीयकै अग्रसरतामा मात्रै सम्भव हुने बताउनुभयो । उहाँले कुनै पनि सम्पदाको संरक्षण स्थानीयले नै गर्नसक्ने भएकाले बनेका मूर्तिलाई सजाएर सुन्दर पार्कका रुपमा विकास गर्नका लागि स्थानीय सरकार र स्थानीयवासीलाई नै अगुवाइ गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तु नगरपालिका र सगरहवाका स्थानीयलाई मूर्तिको संरक्षणका लागि स्पष्ट योजना ल्याउन आग्रह गर्नुभयो । अन्तक्र्रिया कार्यक्रममा स्थानीय अगुवा ललितबहादुर गुरुङ, देवेन्द्र पोखरेल, हीरालाल पौडेल, डा अब्दुल रसिद खाँनलगायतले मूर्ति संरक्षणका लागि कोषले उचित वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रसनजीतलाई झुक्याएर शाक्यपुत्री भनी दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधवश कपिलवस्तु राज्यका हजारौँ शाक्यको सामूहिक बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।
सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौँ स्तुप निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख गरिएको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न