
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनको द्वन्द भइरहेको गाजापट्टीमा २ हजार पाउण्डको बम पठाउन निर्देशन दिनुभएको छ ।
पूर्ववर्ती अमेरिकी सरकारले २ हजार पाउण्डको बमको प्रावधानमा रोक लगाएको भन्ने समाचार सार्वजनिक भइरहेका समय राष्ट्रपतिमा अघिल्लो साता मात्र पुनरागमन हुनुभएका ट्रम्पले इजरायलले अर्डर गरेका ‘धेरै कुरा’ अहिले आपूर्ति भइरहेको बताउनुभएको हो।
‘इजरायलले माग गरेका र पैसा तिरेका तर बाइडेन प्रशासनले नपठाएका धेरै कुरा अहिले आफ्नो बाटोमा छन्’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा लेख्नुभएको छ ।
पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले गत वर्ष गाजाको घना बस्ती भएको क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही शुरु गर्न लागेको देखेपछि २ हजार पाउण्डको बमको ढुवानी रोकेको थियो ।
पूर्वराष्ट्रपति बाइडेनले त्यस्ता क्षेत्रमा ठूला विष्फोटक हतियारको प्रयोगले ‘ठूलो मानवीय त्रासदी र क्षति’ निम्त्याउने भन्दै आपूर्तिमा रोक लगाउनुभएको हो ।
पूर्वराष्ट्रपति बाइडेनले ह्वाइट हाउस छाड्नुभन्दा केही दिनअघि इजरायल र हमासबीच गाजामा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यले अस्थायी युद्धविराम भएको थियो ।
इजरायल र हमासले इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको दोस्रो समूहलाई सप्ताहन्तमा आदानप्रदान गर्दै युद्धविराम सम्झौतालाई निरन्तरता दिइरहेका छन् ।
ट्रम्पको पोस्टमा इजरायलमा कुनै खास हतियार पठाउने उल्लेख गरिएको छैन ।
तर एक्जिओसमा लेख्दै इजरायलका प्रमुख राष्ट्रिय सुरक्षा पत्रकार बाराक राविडले ट्रम्पले रक्षा मन्त्रालयलाई बाइडेनले २ हजार पाउण्डको बममा लगाएको रोक फुकुवा गर्न आदेश दिएको बताउनुभएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको दौडान ‘ह्वाइट हाउसमा इजरायलले कहिल्यै राम्रो मित्र बनाउन नसकेको’ दाबी गर्नुभएको थियो । यो भावना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अक्सर प्रतिध्वनित गर्नुभएको थियो ।
इजरायली नेताले बाइडेनलाई फोन गरेर सन् २०२० को चुनावमा जित हासिल गरेकोमा बधाई दिएपछि ट्रम्प र नेतान्याहुबीचको सम्बन्धमा केही समयका लागि तिक्तता आएको थियो ।
सन् २०२० को चुनाव जितेको झुटो दाबी गरेका ट्रम्पले नेतन्याहूमाथि विश्वासघात गरेको आरोप लगाउनुभएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र