
काठमाडौँ । भारतले आइतबार ७६ औ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।
सन् १९५० मा भारतको स्वतन्त्रता पछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापनाको दिनको सम्झनामा मनाइने यस दिवसमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्परा झल्काउने विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
गणतन्त्र दिवसको अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, अन्य नेतागण र सबै राज्यका मुख्यमन्त्री, सरकारी उच्च पदस्थ अधिकारी, कलाकारलगायतले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै भारतमा गणतन्त्र स्थापनाको स्मरण गर्नुभएको छ ।
यो वर्ष सरकारले गणतन्त्र दिवसका अवसरमा आइतबार नयाँ दिल्लीमा आयोजित वार्षिक सैन्य तथा सांस्कृतिक परेडमा विशिष्ट अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोलाई निमन्त्रणा दिएको छ । उहाँले आजै जनवरी २६ अर्थात् गणतन्त्र दिवसको मुख्य समारोह औपनिवेशिक युगको सुधारिएको बुलेवार्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भन्नुभएको छ, “यो अवसरले हाम्रो संविधानको आदर्शको संरक्षण र बलियो र समृद्ध भारतको दिशामा काम गर्ने हाम्रो प्रयासलाई बलियो बनाओस् ।”
गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने वार्षिक समारोह एक रङ्गीन र कसिलो कोरियोग्राफी गरिएको तमाशा हो जसमा देशको मिसाइल प्रणाली, लडाकू जेट फ्लाईका दृष्य, मोटरबाइक स्टन्ट र विभिन्न भारतीय राज्यहरूको प्रतिनिधित्व गर्ने प्रदर्शनहरू समावेश छन्।
समारोहमा इन्डोनेसियाली सेनाको एक टुकडी पनि सहभागी भएको थियो । सन् २०२४ मा राष्ट्रपति बनेपछि प्रबोवोको पहिलो भारत भ्रमण भएको थियो । भारत र इन्डोनेसियाले स्वास्थ्य, सामुद्रिक सुरक्षा, डिजिटल टेक्नोलोजीमा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
भारतको पहिलो गणतन्त्र दिवसमा इन्डोनेसिया अतिथि राष्ट्र भएको बताउँदै प्रधानमन्त्री मोदीले गणतन्त्र दिवसका अवसरमा आयोजित परेडमा फेरि प्रधानमन्त्रीका रूपमा सहभागी हुन पाउनु आफ्ना लागि गर्वको विषय भएको बताउनुभयो । ‘रक्षा क्षेत्रमा सहयोग बढाउनका लागि हामीले रक्षा उत्पादन र आपूर्ति श्रृङ्खलामा मिलेर काम गर्ने निर्णय गरेका छौँ’ मोदीले शनिबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।
गणतन्त्र दिवसको मुख्य समारोहलाई सम्बोधन गर्दै प्राबोवोले आफ्नो प्रशासनले चाँडै नै ‘उच्चस्तरीय रक्षा प्रतिनिधिमण्डल’ भारत पठाउने बताउनुभयो । गत वर्ष भारतको हतियार निर्यात २।६३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ ।
यो कतिपय शक्तिराष्ट्रको तुलनामा थोरै रकम भएपनि तर एक दशकको अवधिमा भारतको हतियार निर्यात ३० गुणाले वृद्धि भएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र