
गण्डकी । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताउनुभएको छ ।
भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उहाँले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिक लगायत क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्राप्त सहयोगप्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गर्नुभयो ।
भारतीय सेनामा नेपालको गण्डकी प्रदेशबाटै ठूलो सङ्ख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यहाँस्थित पेन्सन वितरण कार्यलय यस क्षेत्रको महत्वपूर्ण संस्थाका रुपमा अघि बढेको बताउनुुभयो । आपसी निकटता र पारिवारिक सम्बन्धले दुई देशलाई अझ नजिक तुल्याएको बताउँदै उहाँले दुई देशबीचको खुला सिमानाका कारण रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गर्नुभयो ।
दुई देशबीचको सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध हजारौँ वर्षदेखिको भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यी विषय रामायाण, महाभारतमासमेत उल्लेख भएको बताउनुभयो ।
भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख प्रशान्तसिंह बघेलले विश्वमा बहादुरी, बफादारी र कर्तव्यनिष्ठाका लागि प्रसिद्ध गोर्खाली सैनिक रहेका भन्दै सैनिक आश्रित परिवारको सेवारत एवं सेवानिवृत्तपश्चात् पनि आवश्यक सेवा र सुविधालाई सधैँ उच्च प्राथमिकताका साथ कार्यालयले हेर्दै आएको बताउनुुभयो ।
भारतीय सेनाको इतिहासमा नेपालबाट सबैभन्दा बढी गोर्खाली सैनिकको सहभागिता गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट भएको जनाउँदै उहाँहरूले देखाउनुभएको बहादुरी र इमान्दारीता प्रशंसायोग्य रहेको बघेलले बताउनुभयो ।
पेन्सन वितरण कार्यालय पोखराले सन् २०२४ मा शिक्षा, स्वास्थ्यलगायत अन्य कल्याणकारी योजनामा सहयोग गरेको बताउँदै उहाँले त्यसका अतिरिक्त ३५ अर्ब रुपैयाँ प्रदेशका भुपूहरूको पेन्सन मात्र पठाउने गरिएको जानकारी दिनुुभयो । भारत सरकारले नेपालमा रहेका भुपू सैनिकका लागि धेरै सकारात्मक र प्रभावकारी योजना लागू गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यालय प्रमुख बघेलका अनुसार भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्यका लागि एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, शौर्य ऊर्जालगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । कार्यक्रममा नेपाल भारतीय गोर्खा सैनिक बोर्डद्वारा प्रकाशित ‘जर्नल भुपू २०२५’ लोकार्पण गरिएको छ ।
त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अमर प्राप्त गोर्खा सैनिकका सन्नतिलाई सम्मानका र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । =
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र