
सिन्धुली । नेपाल निजामती कर्मचारी सङ्गठनको जिल्ला अध्यक्षमा डिल्ली घिमिरे निर्वाचित हुनुभएको छ ।
शनिबार राति सम्पन्न १२ औँ जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मत् निर्वाचित हुनुभएको हो ।
घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको सङ्गठनका केन्द्रीय सचिवालय सदस्य एवं सिन्धुलीका इन्चार्ज पुरुषोत्तम दाहालले जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार उपाध्यक्ष (खुला) मा वेदराज काफ्ले, उपाध्यक्ष (महिला) मा कोपिला अस्तानी मगर, सचिवमा सरोज फुँयाल, सहसचिवमा जितबहादुर खत्री र कोषाध्यक्षमा चन्द्रबहादुर मगर निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा राजेश फुँयाल, ज्ञानबहादुर मगर, हरिकुमार श्रेष्ठ, भुवन ठाडा मगर, अनिता मगर, सुमित्रा चौहान, भीम श्रेष्ठ, राजु शाह, इन्द्र दुलाल, क्षितिज अधिकारी, मीनप्रसाद प्याकुरेल र भीमबहादुर थापा निर्वाचित हुनुभएको छ ।
एक महिला सदस्यपछि मनोनित गरिने उहाँले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न