
काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहानलेखि अर्को डढेलो शुरु भएको छ । लगुना डढेलोको प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।
भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय समयअनुसार बिहान ८ः३५ बजे क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा आगलागी भएको हो । भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार घटनास्थलमा पुगेका चालक दलका सदस्यले स्थानीय समयअनुसार बिहान १०ः३० बजेभन्दा केही समयअघि आगोको आकार बढेर ५० एकड पुगेको बताएका छन् ।
हेलिकप्टरहरू पानीसहित आगो निभाउन लागि रहेका छन् । भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्अ– ‘ग्निनियन्त्रकहरूले आक्रामक रूपमा आकाश र जमीनबाट आगो निभाउन सङ्घर्ष गरिरहेका छन् ।’
उनीहरूले नजिकको क्षेत्रमा कुनै पनि सम्भावित संरचना खतराको आँकलन गर्दै क्षति न्यूनीकरणको प्रयास गरिरहेका छन्। अधिकारीहरूले क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्स र युनिभर्सिटी ग्लेनलाई पनि खाली गर्न आदेश जारी गरेका छन्।
विश्वविद्यालयको परिसरको छेउमा अवस्थित एक आवासीय समुदाय र ‘राउन्ड माउन्टेन÷सतविवामा आगलागी भएको खबर आएको छ र क्याम्पस र वस्तीलाई खाली गर्न आदेश दिइएको छ । अधिकारीहरूले आपतकालीन चेतावनी खिँदै भनेका छन्– ‘कृपया क्याम्पस परिसर र युनिभर्सिटी ग्लेन/एन्कापा क्यान्यन तुरुन्तै खाली गर्न शुरू गर्नुहोस् ।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव