
काठमाडौँ । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप २ करोड २९ लाख एसडीआर (अन्तर्राष्ट्रिय रिजर्भ एसेट अर्थात् ३ करोड अमेरिकी डलर) बराबरको एक सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव मोहम्मद शाहरियार कादर सिद्दिकी र विश्व बैंकका कार्यवाहक देशीय निर्देशक गेल मार्टिनले हस्ताक्षर गर्नुभएको छ । पावर ग्रिड बङ्गलादेशले यो परियोजना कार्यान्वयन गरिरहेको छ, जसको उद्देश्य दक्षिणपूर्वी बङ्गलादेशका केही भागहरूमा बिजुलीको बढ्दो माग पूरा गर्नु हो ।
महाशाखाले एक वक्तव्य जारी गरी विश्व बैङ्कको स्केल–अप सुविधा अन्तर्गत सन् २०१८ अप्रिलमा ४५ करोड ६४ हजार डलरको यस परियोजनाको प्रारम्भिक वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको थियो।
त्यसपछि कोभिड–१९ परियोजनाका लागि कुल पाँच करोड अमेरिकी डलर खर्च गरिएको थियो । यस पृष्ठभूमिमा, परियोजनाको सफलतापूर्वक सम्पन्न गर्नका लागि अब विश्व बैङ्कबाट तीन करोड डलरको थप वित्तपोषण आवश्यक छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न