
भक्तपुर । नेपालमा पहिलोपटक हुन लागेका अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा भएको छ ।
माघ १२ गते शनिबारदेखि शुरु हुन लागेको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिता नेपालकै लागि नौलो भएको आयोजक फिट नेपालका प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभएको छ ।
फिट नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख श्रेष्ठले भक्तपुरको गुण्डुस्थित सुमेरु जङ्गल रिसोर्टबाट शनिबार बिहान ८ बजे शुरु भएर सूर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, गुण्डुको छेँडो लगायत क्षेत्र हुँदै पुनः त्यही रिसोर्टमा आएर सम्पन्न हुने जानकारी दिनुभयो । ब्याकयार्ड अल्ट्रा नेपाल सात किलोमिटरको हुनेछ । यो खेल म्याराथुन जस्तै देखिएपछि यसको नियमहरु भने म्याराथुन भन्दा धेरै फरक हुने उहाँले बताउनुभयो ।
प्रतियोगितामा निर्धारित दूरी खेलाडीले बढीमा एक घण्टामा पार गर्नुपर्नेछ । यसका लागि खेलाडीले कम्तीमा १२ लुप अर्थात् १२ राउन्ड पार गर्नुपर्नेछ । एक घण्टामा एक राउन्ड पार गर्ने खेलाडीले बाँकी समय आराम गरेर पुनः अर्को राउन्ड सुरु गर्न सक्नेछ । एक घण्टामा राउन्ड पूरा गर्न नसक्ने खेलाडी स्वतः प्रतियोगिताबाट बाहिरिनेछ भने नगद पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा २४ लुप अर्थात् २४ राउन्ड पार गर्नुपर्नेछ ।
ब्याकयार्ड अल्ट्रा नेपालमा अन्तिम खेलाडी जसले २४ लुप अर्थात् २४ राउन्ड पार गर्छ उसलाई विजेता घोषणा गरेरर एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यही प्रतियोगिताअन्तर्गत सोही दिन दोस्रो खेल छ किलोमिटरको फन रन पनि हुने भएको छ । त्यो दूरी पार गर्नुपर्ने यसमा विजेताले ३ रुपैयाँहजार र ‘गिफ्ट भौचर’ प्राप्त गर्नेछन् ।
त्यसैगरी, १३ वर्षभन्दा मुनिको बालबालिकाका लागि दुई किलोमिटरको ‘फिट परिवार’ रन’को समेत आयोजना गरिएको छ । यसमा प्रतिस्पर्धी बालबालिकाले साथीका लागि १८ वर्षमाथिका एकजना अभिभावक सहभागी गराउनु पर्नेछ । यसमा पनि विजेतालाई २ हजार रुपैया पुरस्कारसहित गिफ्ट भौचर प्रदान गरिने आयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
यस प्रकारको प्रतियोगिता नेपालका लागि नौलो भएको र नेपालमा यसको विकास गर्दै खेलाडी उत्पादन गर्ने लक्ष्य लिएकाले जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं कार्यक्रमका संयोजक दीपक थापाले बताउनुभयो । प्राकृतिक सौन्दर्यताको अनुभूति लिँदै जङ्गलमा जङ्गली जनावर र चराचुरुङीको आवाज सुन्दै अवलोकन गर्दै सहभागिता जनाउने ब्याकयार्ड अल्ट्रा नेपाले शारीरिक र मानसिक रुपमा स्वस्थ्य बनाउने थापाले बताउनुभयो ।
सन् २०१० बाट अमेरिकामा ग्रे सेन्ट्रेयल लाजारोस लेकले शुरु गरेको प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागी हुन सक्नेगरी विकास गर्ने लक्ष्य लिएको फिट नेपालका प्रमुख श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको शुरुवातसँगै टिम नेपाल–२०२५ को छनौट गर्ने र यो वर्ष भक्तपुर र पोखरामा दुई महिनाको अन्तरमा तीन–तीनवटा गरी ६वटा खेल हुनेछ ।
यसबाट विजेता खेलाडीले सन् २०२६ मा हुने टिम वर्ल्ड च्याम्पियनमा नेपालको टिमबाट सहभागिता गराइने बताउँदै उहाँले नेपाल टिमबाट सहभागिता जनाएर २४ लुपभन्दा बढी पार गर्ने खेलाडीलाई सन् २०२७ मा अमेरिकको टेनिसीमा प्रत्येक वर्षको अक्टोबरमा हुने विश्व च्याम्पियनसिपमा नेपालबाट सहभागी जनाउनेछ । यसअघि अमेरिकामा भएको प्रतियोगितामा बेल्जियमको खेलाडीले एक सय १० लुप पूरा गरी विश्व विजेता बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव