+

सभापति कप फुटबलः सङ्कटा क्लब विजयी

काठमाडौँ ।  राजधानीमा आजदेखि शुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा सङ्कटा क्लबले विजयी शुरुवात गरेको छ । 


त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा सङ्कटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाको जितमा अबेक रिर्चडले दुई गोल गरे भने चन्दन दासले एक गोल गरे । 

खेलको २३औँ मिनेटमै रिचर्डले सङ्कटालाई शुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे । 

यो हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भोलि दिउँसो ३ बजे मछिन्द्र क्लब र विभागीय टोली एपिएफ कल्बबीच प्रतिस्पर्धा हुनेछ । 

नकआउट चरणमा सञ्चालन भएको  प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले  २६ लाख तथा उपविजेता टोलीले  १३ लाख  रुपैयाँ प्राप्त गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट