
काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तरगत अफगानिस्तान विरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ ।
युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।
अफगानिस्तानको भने यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा अफगानिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तानले नेपाललाई जितको लागि दुई सय ६२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो ।
नेपालका लागि कुमालले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो जितको लागि पर्याप्त बन्न सकेन । अर्जुनले एक सय आठ बल खेल्दै १३ चौकाको मद्दतमा ९१ रनको योगदान गरेका हुन् । अर्जुन बाहेक अन्य कुनै पनि नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् र अन्तत नेपाल पराजित हुन पुग्यो ।
नेपाली टोलीका कप्तान देव खनालले २४ रन बनाए भने गुल्शन झाले १७ रन जोडे । त्यस्तै दीपक बोहराले १५, दीपेश कँडेलले ११, सुवास भण्डारीले आठ तथा उत्तम मगरले चार रन बनाए । नेपाललाई एक सय ८८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फरिदुन दावुदजाई र नसिर खानले समान तीन÷तीन विकेट लिए भने मोहम्मद युनिस जद्रानले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रनको योगफल बनाएको थियो । अफगानिस्तानको लागि जाम्शिद जद्रानले शतक प्रहार गरे । उनले एक सय ५२ बलमा आठ चौकासहित एक सय छ रनको योगदान गरे । त्यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रन बनाएका हुन् ।
यसैगरी राहिमुल्लाह जुरमातीले ३५ रन बनाए भने वाफिउल्लाह ताराखिलले १५ रन बनाए । तेस्तै खालिद तानिवाल १० रन बनाए । नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवास भण्डारीले समान दुई÷दुई विकेट लिए भने दीपेश कँडेल र आकाश चन्दले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो तेस्रो खेल यही मङ्सिर २६ गते भारतसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’