
महोत्तरी । लक्ष्मीनारायण मठमा पालिएका हरिणले अब फराकिलो आफ्नै नामको उद्यान पाएका छन् ।
मठका हरिणलाई मङ्गलबार मटिहानीमा नवनिर्मित ‘हरिण पार्क’ मा सारेर व्यवस्थित गरिएको हो । हरिणका लागि ‘पार्क’ मटिहानी नगरपालिकाको अग्रसरतामा शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको हो ।
मठमा १५ वर्ष पहिले ल्याइएका एक जोडी हरिण बढ्दै गएर अहिले १२ पुगेका छन् । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार ‘हरिण पार्क’ वन्यजन्तु विशेषज्ञको सुझावका आधारमा विभागले तयार गरेको हो ।
हरिणलाई उद्यानमा सारिएपछि अवलोकन गर्ने बढेका छन् । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह