
तनहुँ । देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र भएको छ । पछिल्लो पटक थपिएको म्याद सकिँदा समेत निर्माण पूरा नभएपछि भवन अलपत्र बनेको हो ।
देवघाट–५ मा विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि विसं २०८० असार मसान्तमा सकिएको थियो ।
त्यस अवधिसम्ममा पिल्लर उठाउने बाहेक अन्य काम नभएपछि गत असार मसान्तसम्मका लागि म्याद थप गरिएको गाउँपालिकाका इञ्जिनियर तीर्थ ढुङ्गानाले जानकारी दिनुभयो । ‘एक वर्षका लागि थपिएको म्याद सकिए पनि अस्पताल निर्माणमा प्रगति भएको छैन । अस्पतालको पिल्लर उठाएर पहिलो ढलान मात्र गरिएको छ भने अन्य कुनै पनि काम भएको छैन’ उहाँले भन्नुभयो ।
देवघाट गाउँपालिकाले पटकपटक ताकेता गरेपछि गत माघ अन्तिम साता ढलान गरिएको थियो । ढलान पछि पुनः निर्माणकर्मीहरु फर्केर नआएको इञ्जिनियर ढुङ्गानाले बताउनुभयो ।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली विसं २०७७ मा प्रधानमन्त्री हुँदा उहाँ नेतृत्वको सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल बनाउने नीति ल्याएकामा देवघाटमा १० शय्याको अस्पताल बनाउने निर्णय भएको थियो ।
अस्पताल निर्माण गर्न आवश्यक पर्ने जग्गा देवघाट–५ को कार्यालय र देवघाट स्वास्थ्य चौकीलाई अन्यत्र स्थानान्तरण गरेर त्यो ठाउँमा अस्पतालको शिलान्यास गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी