
काठमाडौँ। टेकुको ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन ओइरिएका छन् ।
नदी, खोला र पोखरीमा गई दतिवनले दाँत माझेर महिलाले अरुणन्धतिसहित सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नि, गौतम र विश्वामित्रको पूजा गर्ने प्रचलन छ । माकुरीसहित सप्तर्षिको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भएर पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ ।
काठमाडौँ महानगरपालिका–१२ वडाले गए राति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरेको हो । महिला भक्तजनको सुरक्षा, भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्काउट, स्वयंसेवकको टोली खटिएका छन् । महानगरपालिका–१२ वडाले मेलालाई व्यवस्थित गर्न मन्दिरमा सरसफाइ, रङरोगन, सडकबत्तीको प्रबन्धलगायत कार्य सम्पन्न गरेको जनाएको छ ।
महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले तीजमा व्रत बसेका महिलाले मन्दिरमा छिटो, छरितो र सहज दर्शनका गर्ने व्यवस्था गरिएको साथै अशक्त तथा वृद्धवृद्धालाई लाइन बस्न नपर्ने गरी मन्दिरमा दर्शनको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।
मन्दिर परिसरमा ब्राह्मणद्वारा पञ्चमीको पूजा गराउने तथा दान, दक्षिणा गर्ने महिलाको उल्लेख्य सङ्ख्यामा सहभागिता छ । रेडक्रस, विभिन्न सामाजिक तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधिले भक्तजनलाई सहयोग गरेका छ्न् । प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविरको व्यवस्था गरिएको छ ।
मन्दिर परिसर बाहिरी भागमा त्यहाँ आउने भक्तजन आकस्मिक बिरामी भएमा उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिएको छ । मन्दिर आसपासमा सञ्चालन हुने सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएकाले टेकुबाट कुलेश्वर र सानेपातर्फ प्रस्थान गर्ने सवारीसाधनलाई निषेध गरिएको छ । मन्दिर परिसरमा भक्तजनले आ–आफ्नो समूह बनाएर नाचगान पनि गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी