
भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा भक्तपुरका प्रमुख शिवालयमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाको घुइँचो लागेको हो । मेला व्यवस्थापन समितिले दर्शनका लागि आएका महिलाको दुई किलोमिटर लामो लाइन लागेपछि टोकन दिएर व्यवस्थापन गरिरहेको छ ।
नेपाल स्काउट, स्थानीय क्लब र महिला सङ्घसङ्गठनले स्वयंसेवकका रूपमा व्यवस्थापनमा सहयोग गरिरहेका छन् भने विभिन्न स्वास्थ्य संस्थानहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । एम्बुलेन्सलाई मन्दिर परिसरमा तयारी अवस्थामा राखिएका छन्भने सुरक्षाका लागि धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुका साथै महिलाले विभिन्न समूहमा नाचगान गरी तीज मनाएका छन् ।
यसैगरी आजै सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाको भीड लागेको छ । केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।
मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले बिहानैदेखि दर्शनार्थीको भीड लागेको जानकारी दिनुभयो । यहाँ बर्तालुलाई लक्षित गरी स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको उहाँले बताउनुभयो ।
सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । डोलेश्वरमा दर्शन गर्नेहरू आशापुरी जाने गरेकाले दुवै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।
सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नम्बर ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा नम्बर ५ को सुवर्र्णेश्वर महादेव, वडा नम्बर १० चित्तपोलमा रहेको साँगास्थित अग्लो कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, चाँगुनारायणको यातु महादेव, चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
तीज पर्वमा महिलाले आज निराहार व्रत बसी आफ्ना पति, घरपरिवारको लामो आयु, सुख, समृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन तथा नाचगान गर्दै यो पर्व मनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक