
काठमाडौँ । स्वदेश फर्कने आशामा यसपहिले पोल्याण्डको शैक्षिक कक्षाहरूमा सामेल नभएका युक्रेनी बालबालिकाहरूलाई अर्को सातादेखि पोल्याण्डका विद्यालयमा भर्ना गरिने भएको छ ।
नयाँ भर्ना हुने विद्यार्थीहरूमा कतिपय विगत दुई बर्षदेखि विद्यालउ गएका छैनन् भने कतिपयले पहिलो पटक विद्यालय भर्ना हुँदैछन् । पोल्याण्डमा शरणार्थी परिवारका लागि शिक्षा अनिवार्य गरिएको नयाँ कानून लागु हुने भएपछि यसपहिले विद्यालय नगई स्वदेश फर्किने र आफ्नै घर दैलोनजिक वा छिमेकमा पढ्ने आशाको पखाईमा रहेका अनुमानित करिब २० हजारभन्दा माथि र ८० हजार भन्दा कम विद्यार्थीले पोल्याण्डका विद्यालयमा भर्ना हुने अपेक्षा गरिएको छ । सन् २०२२ मा रुसी आक्रमणको शुरुवातमै युक्रेन छोडेकी १२ वर्षीया नादियाकी आमा मेरिना रूडले भन्नुभयो– ‘हामी अझै अन्योलमा छौँ ।’
रूडले आफ्नी छोरीलाई पोलिश विद्यालयमा भर्ना गरेको तर महिनौंसम्म धम्कीको सामना गर्नुपरेको र अन्ततः उनले विद्यालयबाट छोरीलाई निकाल्नुभएको थियो । ‘उनी (छोरी) मलाई भन्थिन्ः उनको युक्रेनी उच्चारण सुनेर उनीहरू हाँस्थे । म जति शब्द बोल्छु त्यति पटक उनीहरू (पोलिस बालबालिका) हाँस्छन् ।’
नादियाले गत वर्ष युक्रेनी विद्यालयमा अनलाइन अध्ययन गरेकी थिइन् । यसलाई धेरै शरणार्थी परिवारद्वारा शिक्षाको लागि एक भरोसाका रूपमा हेरेका थिए । यो उनीहरूका लागि एउटा अनुकुल समाधानजस्तै थियो ।
– ‘शरणको व्यवस्था’ –
गैर–नाफामूलक समूह ९सेन्टर फर सिटिजनशिप एजुकेसन०का प्रमुख जेड्रेज विट्कोव्स्कीले भन्नुभयो– ‘पोलिश शिक्षा प्रणालीमा कति बालबालिकाको हिसाब किताब छैन, त्यो ठूलो कुरा होइन।’
सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेको केही हप्तापछि पोल्याण्डले शरणार्थीहरूलाई आश्रय दिन आफ्नो सीमा खुला गरेको थियो र युरोपेली सङ्घ (ईयू) ले उनीहरूलाई स्वतन्त्र रूपमा ईयूमा आवतजावत गर्ने अधिकार दिएको थियो। ‘निगरानी गर्न धेरै गाह्रो छ’ विट्कोव्स्कीले भन्नुभयो । ‘कति जना युक्रेनी बालबालिका वा नागरिकले पोल्याण्डमा शरण लिएका छन् भनेर हामी ठ्याक्कै भन्न असमर्थ छौँ।’
करिब एक लाख ३४ हजार युक्रेनी बालबालिका ग्रीष्मकालीन बिदाअघि पोल्याण्डका विद्यालयमा पढ्थे। सेन्टर फर सिटिजनसिप एजुकेसनका अनुसार अहिलेसम्म २० हजारदेखि ८० हजार बालबालिका शिक्षा प्रणालीभन्दा बाहिर रहेका छन्।
विट्कोव्स्कीले भन्नुभयो, पोल्याण्डमा का रूपमा बच्चाहरूले दूर शिक्षा पठनपाठनलाई पछ्याइरहेका छन्। आक्रमणपछि आफ्नी आमा नतालिया खोत्सिनोभ्स्कासँग पोल्याण्ड बसाइँ सरेका १२ वर्षीय इभानको अवस्था पनि अन्य हजारौँ बालबालिकाको जस्तै छ।
इवान गर्मीको समयमा पोलिश सिक्दै छन् उनकी आमाले अहिलेका लागि आफ्नो परिवारका लागि ‘नरम सङ्कटकाल’को अवस्था रहेको बताउनुभयो किनकि अहिले उहाँहरूसँग भाषाको समस्याका कारण बोल्ने साथीसम्म पनि छैन। जे होस्, उहाँले छोरीलाई एक निजी युक्रेनी विद्यालयमा पठाउने विकल्प रोज्नुभएको छ।
खोत्सिनोभस्काले एएफपीसँग भन्नुभयो– ‘यहाँ हाम्रो कुनै साथी छैन, कुराकानी गर्ने कोही पनि छैन।’ खोत्सिनोभस्काले भन्नुभयो– ‘यो आमाहरूको लागि पनि गाह्रो छ । कहिलेकाहीँ आफूलाई बच्चाले सिक्ने परिणाम र बच्चाको मनको शान्ति के रोज्ने भन्ने पनि दोधार हुने गरेको छ।’
उहाँको छोराले वार्सामा क्याथोलिक इन्टेलिजेन्ट्सिया क्लब (केआईके) द्वारा संचालित भाषा पाठ्यक्रम र एकीकरण गतिविधिहरूको श्रृङ्खलामा भाग लिएका छन्।
‘ट्राम्पोलिन’ नाम दिइएको यो परियोजना युक्रेनी बच्चाहरू र उनीहरूका आमाबाबुलाई सङ्क्रमणकालमा मद्दत गर्न डिजाइन गरिएको हो।
आयोजकमध्येकी एक ओलेसिया कोलिस्निकले भन्नुभयो– ‘यो पाठ्यक्रमले ‘धम्कीको जवाफ कसरी दिने, आमाबाबुलाई कसरी व्यवहार गर्ने’ शिक्षा दिन्छ ।’
‘करिब ९९ प्रतिशतलाई उनीहरूको चालचलन, बोल्ने शैली र शैक्षिक क्षमताका कारण जिस्काइन्छ’ कोलिस्निकले एएफपीसँग भन्नुभयो– ‘विशेषज्ञहरूको चेतावनीलाई प्रतिध्वनित गर्दै कि यो युक्रेनी बच्चाहरूको लागि दुई प्रमुख समस्याहरू मध्ये एक हो।’
उत्तराद्र्धमा सहयोग गर्न, लुब्लिन शहरको एक गैर–लाभकारी घरायसी स्वादको पठनपाठन गर्न पोलिस विद्यालयहरूमा युक्रेनीहरूका लागि भाषा पाठ्यक्रम प्रदान गर्न थालेका छन्।
एउटा टेबुलको चारैतिर बसेर सात जना केटाकेटीको एउटा समूहले ‘सी’ अक्षर कोर्नुभन्दा पहिले ‘फ्लाई स्वाटर’हरू अर्थात् त्यो अक्षरबाट सुरु हुने वस्तुहरूको ‘ट्याप कार्ड’हरू चलाउन सिकाइन्छ ।
–घुलमिलका लागि खेल र अन्य मनोरञ्जनात्मक क्रियाकलाप–
सातदेखि ९ वर्ष उमेर समूहकी शिक्षिका पाउलिना स्क्रजिपेकले पोलिश र युक्रेनीबीच समानता भए पनि यसले शरणार्थी बालबालिकाको पक्षमा काम नगर्ने बताउनुभयो ।
वार्साको एक प्राथमिक विद्यालयकी प्रधानाध्यापक दानुता कोजाकिविक्जका अनुसार युक्रेनी केटाकेटीले आफ्ना पोलिश साथीहरूसँग कसरी घुलमिल हुने भन्ने कुरामा भाषाले महत्त्वपूर्ण भूमिका खेल्छ। कोजाकिविक्जले फुटबल प्रतियोगितादेखि विद्यालयमा हुने विभिन्न एकीकरण कार्यक्रमहरू पनि आयोजना गर्छ।
उहाँले भन्नुभयो– ‘फुटबल प्रतिस्पर्धाको क्रममा, एक बच्चा पोलिशमा चिच्याइरहेको छ, अर्को युक्रेनीमा, तर उनीहरूलाई कुनै न कुनै तरिकाले थाहा छ कि के भइरहेको छ र उनीहरूले खेलको एउटै टोलीमा सहकार्य गर्नसक्छन् ।’
पोल्याण्डका थुप्रै युक्रेनी विद्यालयस्तरका केटाकेटीहरू अझै पनि घर फर्कन आतुर छन्। रुडले भन्नुभयो– ‘उनीहरू हरेक दिन सामाजिक सञ्जाल हेर्छन् र समसामयिक घटनाहरूको सूचना प्राप्त गर्छन् । उनीहरू हरेक दिन घर फर्कने क्षणको पर्खाइमा छन्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’