
काठमाडौँ । थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
विषाक्त मदिरा सेवन गरी गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । बैङ्ककको उत्तरपश्चिमी किनारमा रहेको ‘ख्लोङ साम वा’ जिल्लामा बुधबार यस्तो घटना भएको हो । अधिकारीहरूले यस क्षेत्रको सडक किनारमा रहेका १९ पसलमा अवैध मदिरा बिक्री गरेको छापापछि फेला पारिएको थाइ प्रशासनले जनाएको छ ।
अस्पतालमा बुधबार बिहान ६ जनाको मृत्यु भएको र २२ जनाको अवस्था गम्भीर रहेको बैङ्कक मेट्रोपोलिटन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । मदिरा पिएर बिरामी हुनेमध्येका एक आफन्तले सार्वजनिक प्रसारणकर्ता थाईपीबीएसलाई बताउनुभयो– ‘मदिरा पिएपछि मेरा बुबाले पेट गुर्रिएको र बताउनुभएको र पछि बेहोस हुनुभएको थियो । उहाँलाई आईसीयूमा राखी उपचार गरेपछि अहिले होसमा हुनुहुन्छ ।’
थाइल्याण्डमा मदिरा बिक्रीलाई प्रत्येक दिनको निश्चित घण्टामा सीमित गर्ने र धार्मिक बिदाहरूमा यसको व्यापारमा प्रतिबन्ध लगाउने कडा मदिरा कानुनी प्रावधान छन् । तर यस्ता नियमले स्थानीय रूपमा ‘या डोङ’ भनेर चिनिने अनियमित ढङ्गले बनेको सस्तो रक्सीको कालो बजारलाई प्रोत्साहन गरेको आलोचकहरूले बताएका छन् ।
‘ख्लोङ साम वा’ जिल्लाका शीर्ष स्थानीय अधिकारी सोमवाङ चाइप्राक्राइवानले अधिकारीहरूले यस क्षेत्रका अवैध मदिरा पसलमाथि कारबाही गरेको बताउनुभयो । “प्रहरी र अन्तःशुल्क विभागले गैरकानुनी मदिरा व्यापारीलाई पक्राउ गरी हिरासतमा लिएको छ,” सोमवाङले बताउनुभयो ।
अवैध रूपमा बनाइएको मदिरामा यसको शक्ति बढाउन प्राय मेथनोल मिसाइन्छ । मेथानोलको सेवनले अन्धोपन, कलेजोको क्षति र मृत्यु समेत निम्त्याउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न