
काठमाडौँ । साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बङ्गलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको ९औ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बङ्गलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे ।
त्यसपछि पनि खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ । बङ्गलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बङ्गलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न