
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलो प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेकोे बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको मौखिक प्रश्नहरुको जवाफ दिँदै उहाँले डढेलो नियन्त्रण गर्न उद्धारका लागि हेलिकप्टर अत्यावश्यक र प्रभावकारी हुने भएपनि सीमित स्रोत तथा साधन र बजेट पर्याप्त नभएको जानकारी गराउनुभयो ।
मन्त्री ठकुरीले डढेलो नियन्त्रणका लागि पूर्वतयारी सम्बन्धमा सचेतना सप्ताह सञ्चालन गर्दै आइएको, हरेक जिल्लामा तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको, अग्निपथ एवं अग्निरेखा निर्माण गरेको र सम्पूर्ण सरोकारवालालाई तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
उहाँले डढेलो लाग्ने मौसममा हरेक जिल्लामा ‘डढेलो नियन्त्रण दस्ता’ भर्ना, तालिमको व्यवस्था, साधनहरु उपलब्ध गराई काममा लगाउने गरिएको जानकारी गराउनभुयो ।
उहाँले सबै स्थानीय तहमा यस वर्षभरी वृक्षारोपण अभियान कार्यक्रम सञ्चालन गरिने र एक करोड बिरुवा रोप्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न