
पाल्पा । राष्ट्रिय समाचार समिति (रासस) को पाल्पा (रामपुर) का समाचारदाता सुशीला रेग्मी ग्रामीण पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा आज सदरमुकाम तानसेनमा आयोजित कार्यक्रममा राससकर्मी रेग्मीलाई सम्मान गरिएको हो । उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले नगद १० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
रामपुर नगरपालिकाद्वारा स्थापित अक्षयकोषको रकमबाट राससकर्मी रेग्मीलाई सम्मान गरिएको हो । पत्रकार रेग्मी एक दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । .ल्पाका २१ क्रियाशिल पत्रकार समेत त्यही कार्यक्रममा सम्मानित हुनुभएको छ ।
सम्मानित हुनेहरुमा झपेन्द्र गहिरे, भगवान भण्डारी, भरत शर्मा, कृष्ण कार्की, यम गाहा, मुक्तिप्रसाद न्यौपाने, कृष्ण दर्नाल, मिलन विक, सीता डोटेल, रमा भण्डारी, दयाराज न्यौपाने, नारायण न्यौपाने, रिमा सोमै, सुनिल कार्की, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, धनबहादुर ठाडा र वीरेन्द्र घिमिरे रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न