
लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५औँ रथजात्रा (खटयात्रा) को आज अवलोकन गर्नुभएको छ ।
प्रथम महिला सविता पौडेलसहित आज पाल्पा आइपुग्दा उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो ।
पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पाल्पाको तानसेन पुग्नुभएको हो । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुग्नुभएको थियो ।
जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गर्नुभयो । त्यसपछि राष्ट्रपतिले ‘द फेमस महिन्द्र दल गण’को निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपतिले खटयात्राको अवसरमा सबै नेपालीको सुख, शान्ति र कल्याणका लागि शुभकामना दिनुभएको छ ।
प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपतिले रणउजिरेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै पाल्पा दरबार र त्यहाँ निर्मित सङ्ग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने चाहना र प्रयासलाई मूर्तरूप दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपतिले रथयात्रालाई अब प्रदेशस्तरीय निर्णयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गर्नुभएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न