
नेपालकैरन
झापा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीमा जोड्नका लागि मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको बताउनु भएको छ ।
एकीकृत समाजवादीद्वारा आयोजित मेची–महाकाली जागरण अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशा जनतालाई अवगत गराउन अभियानको सुरुवात गरिएको बताउनु भएको छ ।
‘सिंगो देशलाई केही सन्देश सम्प्रेषण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेका हौँ। जनतामाझ जाँदा हामीले जनताका एजेण्डा लिएर जान्छौँ। यो अभियान पार्टीलाई जनतासँग जोड्ने अभियान हो’, अध्यक्ष नेपालले भन्नुभयो । आफ्नो पार्टी कम्युनिष्ट पार्टी भएकाले जनताका घरघर जान दलका नेता तथा कार्यकर्तालाई नेपालले निर्देशन दिनुभयो । अभियान सुरुवाती सभालाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सरकारले जनताका कुनै काम नगरेको दाबी गर्नुभयो । संविधानले नेपाली जनतालाई मौलिक हक दिए पनि अझै खाने र बस्ने हक नपाएको उहाँको भनाई थियो । देशका हरेको क्षेत्र ‘दलाल पूँजीपतिहरूको कब्जामा रहेको उहाँको दाबी थियो।
पार्टीका महासचिव घनश्याम भुसालले किसानले उत्पादन गरेको हरेक बस्तुको बिक्रीको ग्यारेन्टी गर्दा कम्तिमा पाँच बर्षमा परिवर्तनको अनुभूति गर्न सकिने दाबी गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीले झापाको काँकरभिट्टाबाट मेची महाकाली जागरण अभियान सुरु गरेको छ। अभियान सुरुवात गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत नेता काँकरभिट्टा आएका थिए। मेची महाकाली जागरण अभियानका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने