+

प्रधानमन्त्रीद्वारा कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । 

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

यस्तै गौरा पर्वका अवसरमा आज राजधानीको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट