
काठमाडौँ । चीनले अमेरिकासँगको वार्तामा ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका विषयलाई गम्भीर रूपमा राख्ने बताएको छ ।
संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ’गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको योजना रहेको चीनको राष्ट्रिय सञ्चारमाध्यमले आइतबार जनाएका छन् । विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सरकारी प्रसारक सीसीटीभीले भनेको छ– ‘वार्तालाई चीनले ताइवान मुद्दा, विकासको अधिकार र चीनको रणनीतिक सुरक्षाका सम्बन्धमा कडा माग गर्न प्रयोग गर्नेछ ।’
सुलिभानले नोभेम्बरमा हुने अमेरिकी चुनावअघि तनाव व्यवस्थापनका लागि चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुहुनेछ । सन् २०१६ पछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको यो पहिलो चीन भ्रमण हो, यद्यपि विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत अन्य वरिष्ठ अधिकारीहरूले दुई वर्षमा चीनको भ्रमण गरेका छन् ।
‘ताइवान मुद्दा अमेरिका–चीन सम्बन्धमा विवादको पहिलो रातो रेखा हो र ‘ताइवानको स्वतन्त्रता’ ताइवान स्ट्रेटमा शान्ति र स्थिरताका लागि सबैभन्दा ठूलो खतरा हो’ सीसीटीभीले भनेको छ । ‘अमेरिकाले एक चीन सिद्धान्त र तीन संयुक्त विज्ञप्ति र फरक फरक समयमा गरिएका अमेरिका–चीनबीच भएका सहमति पालना गर्नुपर्छ र ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।
बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा स्वशासित टापु ताइवान र मानव अधिकार, व्यापार र दक्षिण चीन सागरजस्ता अन्य फ्ल्यासप्वाइन्ट मुद्दालाई लिएर विवाद बढेको छ । गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका सिमकक्षी सी चिनफिङबीच भएको वार्तापछि दुई देशबीचको सम्बन्ध केही हदसम्म स्थिर भएको छ ।
सन् २०२२ मा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले युद्धपोत, क्षेप्यास्त्र र लडाकू विमानसहितको ताइवानमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न