
भैरहवा । पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवार लगायत स्थानका महिलाले व्रत बसेर यो पर्व मनाइरहेका छन् ।
श्री कृष्ण जन्माष्टमीको अघिल्लो दिन मनाइने यो पर्व विशेषतः कुशको पूजा गरी सुरु हुन्छ । महुवाको पातमा महुवाको फल, दही, तिन्नीको चामल लगायत राखी महिला सामूहिक रुपमा धार्मिक स्थलमामा गई कुशको पूजा गर्ने गर्दछन् । त्यसपछि सन्तानलाई दही, तिन्नीको चामल, महुवाको पल लगायतको टिका लगाई प्रसाद खान दिन्छन् ।
उनीहरुले दिउँसो सामूहिक रुपमै विभिन्न कथा श्रवण गर्ने र तिन्नीको चामलले पकाएको भात खाने गरेका छन् । व्रतमा प्राकृतिक फलफूल, पकवान, दही, महुवा, साग र तिन्नीको भात लगायत सामग्री प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाकै दातुनले दाँत माझ्ने गरिन्छ ।
यसै तिथिमा भगवान् श्री कृष्णको दाजु बलरामको जन्मोत्सव मनाउने पराम्परा रहेकाले खेतमा उब्जिएको वा हलोले जोतेर उब्जाएको कुनै अन्न खानु हुँदैन भन्ने मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न