
झापा । दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारबाट लाखौँ मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएका छन् । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ३० लाख रुपैयाँ मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएको अस्पतालले जनाएको छ ।
दमक अस्पतालको सेवा विस्तारमा सघाउ पु-याउने लक्ष्यका साथ सङ्घीय सरकारसँग आवश्यक पहलपछि ती सहायता सामग्री आज प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण शाहले जानकारी दिनुभयो । उहाँले प्राप्त स्वास्थ्य सामग्रीबाट अस्पतालको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार यसरी प्राप्त स्वास्थ्य उपकरणमा १० वटा बेड, एउटा भिडियो एक्सरे मेसिन, एउटा डेलिभरी बेड, एक शव परीक्षण सेट, सक्सन मेसिन एक सेट, इसिजी थ्रि डिजिटको एक सेट, इनटी अप्रेशन एक सेट, सिटिजी कार्डियोग्राफी मेसिन एक सेटलगायत छन् । विसं २०७३ देखि सञ्चालनमा आएको यस सरकारी अस्पतालमा दैनिक पाँच सय हाराहारीमा बिरामीले स्वास्थ्योपचार सेवा पाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न