
जुम्ला । यहाँका आठ स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ ।
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ र ८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजाअनुसार कनकासुन्दरी गाउँपालिका जिल्लाको प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।
मन्त्रालयको प्रतिवेदनअनुसार कनकासुन्दरीले उच्चतम ८४ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको हो । दोस्रो स्थानमा हिमा गाउँपालिकाले ८० दशमलव ५० अङ्क प्राप्त गरेको छ । तेस्रो पातारासी गाउँपालिकाको ७९ दशमलव ५० अङ्क ल्याएको छ । त्यस्तै चौथो तातोपानीले ७४ दशमलव ५० अङ्क प्राप्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
क्रमशः त्यसपछि तिलाले ७४ प्रतिशत अङ्क ल्याएको छ । जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाले ६८ दशमलव ५० प्रतिशत, सिंजाले ६३ प्रतिशत र गुठीचौर गाउँपालिकाको सबैभन्दा कम जम्मा ५३ दशमलव ५० प्रतिशत अङ्क प्राप्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले विभिन्न एक सयवटा सूचक राखेर देशभरका स्थानीय तहको मूल्याङ्कन गर्ने गरेको छ ।
खासगरी सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हकलगायत विभिन्न सूचकका आधारमा मूल्याङ्कन गर्ने गरिन्छ । त्यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनका आधारमा मूल्याङ्कन गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’