
काठमाडौँ । महिला हिंसाविरुद्धको कथामा तयार गरिएको चलचित्र ‘देवी’ तीजलाई लक्षित गर्दै प्रदर्शन हुने भएको छ ।
अभिनेत्री शिल्पा मास्केले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीजका अवसरमा चलचित्र प्रदर्शन हुन लागेको र चलचित्रले समाजमा महिला हिंसाविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । “महिला हिंसाविरुद्ध केही गर्नुपर्छ भनेर म यस चलचित्रमा अभिनेत्रीसँगै सह निर्मात्रीका रूपमा जोडिएकी छु । यो चलचित्र हेरेर यस्ता घटना केही कम गर्न सकियो भने नै हाम्रो जित हुनेछ”, उहाँले भन्नुभयो । अभिनेत्री मास्केले महिलाकै कथा भएकाले तीजलाई लक्षित गर्दै प्रदर्शन गर्न लगिएको जानकारी दिनुभयो ।
चलचित्रका निर्देशक सञ्जोग राईले फोटो पत्रकार हुँदा नै महिला हिंसासम्बन्धी पढेका खबरलाई चलचित्रको विषय बनाउनुपर्छ भन्ने प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी महिलालाई देवी भनेर पूजा गर्छौं तर यही समाजमा महिला हिंसाका धेरै घटना सुन्न र पढ्न पाइन्छ । त्यसका लागि हामीले हाम्रो कानुन नै बलियो बनाउनुपर्छ । महिला हिंसाविरुद्धको हाम्रो आवाज हो ‘देवी’ चलचित्र ।”
भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शन हुने चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न