
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत मौलिक संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप बलियो बनाउन सकिने बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठनद्वारा हरितालिका तीज पर्वका अवसरमा आज आयोजित सांस्कृतिक कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष नेपालले सबै जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताउनुभएको हो ।
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाड पर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले संस्कृतिको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले सामाजिक असमानताको अन्त्य गरी पारस्पारिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्न तथा महिला सशक्तिकरणका लागि हरितालिका तीजले सन्देश प्रवाह गरेको विचार व्यक्त गर्नुभयो । मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले राष्ट्रको गौरव बढाउने उहाँको भनाइ छ ।
उहाँले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले आफ्नो पार्टी सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा प्रतिबद्ध रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’